सकियो छुट सुविधा खाद्यको चामल
काठमाडौँ, १६, कात्तिक । दसैँका बेला यहाँका वासिन्दाले अत्यधिक मात्रामा चामल लिएकाले तिहार र छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो । उक्त लिमिटेडले चाडपर्वका बेला एक हजार क्विन्टल चामलको कोटा छुट्याएको थियो । कम्पनीका प्रमुख तिलक सुनारले भने, छुट सुविधाको चामल लिनेको भिड लाग्ने गरेको छ । यसरी चामल वितरण गर्न थालेकाले उपभोक्ताको भिड लाग्न थाल्यो । चामल पनि सकिन थालिसकेको छ ।
कम्पनीका अनुसार ९२२ दशमलव ६० क्विन्टल चामल बिक्री भइसकेको छ । अहिलेकै दरमा बिक्री भए तिहार, छठसम्म पुग्दा छुट सुविधाको खाद्यान्न अभाव हुने भएको छ । हाल छुट सुविधाको चामल ७८ क्विन्टल मात्रै बाँकी रहे पनि चामल लिनेको भिड रोकिएको छैन ।
थप एक हजार क्विन्टल चामल पठाउन माग गरिएको आइपुगे अभाव हुनेछैन । यहाँको आवश्यकताबमोजिम एक हजार क्विन्टल मागेका छौँ । केन्द्रले ५०० क्विन्टल चामल पठाउने जनाएको छ । छुट सुविधाको चामल जुम्लामा गत असोज एक गतेदेखि वितरण सुरु गरिएको थियो ।
हालसम्म एक हजार ५३७ जनाले चामल लिएको शाखा कार्यालयले जनाएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेपछि किसान भोकमरी हुने त्रासमा छन् । अब झनै छुट सुविधाको चामल किन्नेको घुइँचो लाग्ने देखिएको छ ।
कम्पनीका अनुसार जिल्लाको पातारासी गाउँपालिका र चन्ददनाथ नगरपालिकावासीले छुट सुविधाको चामल अत्यधिक लिएका छन् भने अन्य स्थानीयतहले निकै कम मात्रमा चामल लिएका छन् । उक्त शाखा कार्यालयबाट रु चार लाख ६३ हजार बराबरको छुट सुविधाको चामल बिक्री भएको जनाइएको छ । छुट सुविधाबाहेक साढे ७०० क्विन्टल मौज्दात रहेको र थप छ हजार क्विन्टल चामल आयात भइरहेको कम्पनीले जनाएको छ ।