image
image

वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर फूल व्यवसायमा रमाउँदै दिलबहादर थापा 

काठमाडौँ, १६, कात्तिक । घरका आँगन वरिपरि, बगैँचाभरि ढकमक्क फुलेका सयपत्री फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ ।

रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाएका सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ । बुटवल, तानसेन, नेपालगञ्जलगायत विभिन्न बजारबाट फूलको माग अत्यधिक आएको छ तर स्थानीयलाई नै प्राथमिकता दिने गरी यस पटक भने बाहिरी बजारमा निर्यात नगर्ने थापाले बताए ।

यतिबेला घर अगाडिको धान फल्ने खेतभरि पहेँलै फुलेको फूलसँगै फोटो खिचाउने, टिकटक बनाउने, भिडियो खिच्नेको लर्को देख्दा आनन्दानुभूति लागेको उनी बताउछन।उनले तिहारलाई लक्षित गरी करिब चार रोपनी जग्गामा फूल लगाएका छन् । यस पटकको तिहारमा मात्रै फूल बिक्रीबाट करिब रु एक लाख ५० हजार बराबरको आम्दानी गर्ने उनको लक्ष्य छ । 

एक मालाको रु १५० र एक किलो फूलको मूल्य रु ५०० कायम गरिएको छ । युवा उद्यमी थापाले तीन वर्ष अघिदेखि फूलको व्यावसायिक खेती गरेका छन् । तरकारी खेतीमा लागेका थापाले परीक्षणका रुपमा सयपत्री फूल लगाएका छन् । उनले यसमा ग्राहकको आकर्षण र माग बढेपछि व्यावसायिक रुपमा खेती गरिरहेका छन् ।यसभन्दा अघि तीन पटक सयपत्री फूलको उत्पादन लिइसकेका छन् । तरकारी खेतीको तुलनामा फूलबाट दोब्बर कमाइ गर्नसक्ने उनको अनुभव छ । 

उनले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी र फूल व्यवसाय एकैसाथ अगाडि बढाएका छन्। यस व्यवसायमा थापाका श्रीमती सुकमाया सारुले सघाउँदै आएकी छन । श्रीमान् श्रीमतीको अहिले दिनचर्या नै फूल टिप्ने, माला तयार पार्नेजस्ता कार्यमा बितेको छ । घर वरिपरि जताततै फुलेका फूलले रमाइलो मात्र नभई परिवारको आयस्रोत बढाएको सुकमाया बताउछिन् । फूल उत्पादन गर्न थालेपछि हाम्रो परिवारको पहिचान नै फेरिएको उनले बताए । 

उनले पहिलो वर्षको तिहारमा करिब रु एक लाख, दोस्रो वर्ष (गत वर्ष) करिब रु दुई लाख ५० हजार फूल बिक्रिबाट आम्दानी गरे । रामपुर नगरपालिकामा नयाँ र पहिलो व्यवसाय भएकाले पनि यस क्षेत्रमा हुने विभिन्न कार्यक्रम, शुभकार्यमा यसको प्रयोग बढ्दो छ । तीन वर्ष अघि नगरपालिकाले बुटवलमा एक हप्ताको पुष्प व्यवसायसम्बन्धी तालिममा पठाएपछि थापाले लगत्तै खेती सुरु गरे । नयाँ र पहिलो व्यवसाय भए पनि परीक्षणका क्रममै सबैको आकर्षण बढाउन थालेपछि यतिखेर यहाँको व्यवसायले चर्चा पाएको छ । फूलसँगै करिब दश रोपनी जग्गामा तरकारी व्यावसाय पनि गरिहेको बताएका छन् ।  


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।