image
image

कमला पुल किन भासियो ? कारण पत्ता लगाउँदै निर्माण कम्पनी

काठमाडौँ, १६, कात्तिक। हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्न कमलामा बनेको नवनिर्मित पुल भासिनुको कारण पत्ता लगाउन निर्माण कम्पनी जुटेको छ ।९९ प्रतिशत निर्माण काम सम्पन्न भइसकेको सो पुल पूर्वतर्फको दोस्रो स्पान १७ असारमा भासिएको थियो भने कार्तिक ३ गते धनुषातर्फको तीन नम्बर स्पान भासिएको छ । सो पुल भासिनुको कारण पत्ता लगाउन निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले प्राविधिक टोली खटाएको छ ।

कमला पुल निर्माणका इन्चार्ज कलम घिसिङ्ले पुलको नक्सा, निर्माण प्रक्रिया र धरातलीय भू–बनोटको जाँच गरेर पुल भास्नुको मुख्य कारण पत्ता लगाउने काममा जुटेको बताउनुभयो । उहाँले अहिलेसम्म ठोस उपलब्धि हासिल नभएकोले के कारणले पुल भासिएकोबारे भन्न नसकिने भन्नुभयो ।

इन्चार्ज घिसिङ्ले पुल भासिनुको ठोस कारण पता लागेपछि निर्माण कम्पनीले पुनर्निर्माणको काम थाल्ने जानकारी दिनुभयो ।०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने तयारी निर्माण कम्पनीले गरेको थियो । तर पुल सञ्चालनमा नआउँदै भासिएपछि सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।

४७० मिटर लामो पुल निर्माण ठेक्का पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले गत २०६८ सालमा पाएर काम सुरु गरेको थियो । समयमा पुल निर्माण नभएको भन्दै पटक–पटक म्याद थपिँदै आएको थियो । पछि सो कन्स्ट्रक्सनले काम गर्न नसकेपछि लुम्बिनी बिल्डर्सले ठेक्का पाएर निर्माणको काम अगाडि बढाएको थियो । बिल्डर्सले ०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।