धार्मिक पर्यटन प्रवद्र्धनका लागि ‘बद्रीनारायण धाम’
काठमाडौँ, १७, कात्तिक । काठमाडौंको रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि बद्रीनारायण धाम निर्माण गरिएको छ । लामो समयदेखि मुलुकको सामाजिक र आध्यात्मिक रुपान्तरणमा लाग्नुभएका पण्डित स्व नारायण पोखरेलको नाममा स्थापना गरिएको नारायण पोखरेल प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा उक्त धाम निर्माण गरेको हो ।
कूल २० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बद्रीनारायण धाम निर्माण सुरु गरिए पनि उक्त रकम अपुग भएकाले केही रकम थप गरी धाम निर्माण सम्पन्न गर्नका लागि प्रतिष्ठान जुटिरहेको प्रतिष्ठानका कोषाध्यक्ष बद्री पोखरेलले बताए । २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको बद्रीनारायण धाम सम्पन्न गर्नका लागि प्रतिष्ठानले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग सहकार्य गरेर काम गरिरहेको छ, कोषाध्यक्ष पोखरेल भने । उक्त धाम निर्माणका लागि प्रतिष्ठानलाई सरकारले उक्त जग्गा उपलब्ध गराएको हो ।
विसं २०११ जेठ ३२ गते गोरखाको वगुवामा जन्मनुभएका पोखरेलको २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उनी नेपालको पहिलो धार्मिक सहिदसमेत छन् । स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गरेका थिए । पोखरेलको स्वर्गारोहण भएसँगै २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उनको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्नका लागि काम गर्दै आएको छ ।
प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहद् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताए । नेपालमा नै ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उदेश्य हो, उनले भने ।
प्रतिष्ठानले हाल बद्रीनारायण धाम परिसरमा बद्रीनारायणको मन्दिर निर्माण गरिरहेको छ । विसं २०७८ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ मन्दिर निर्माण गरेको प्रतिष्ठानले हाल २५ प्रतिशत काम निर्माण सम्पन्न गरिसकेको छ । बद्रीनारायण धाम निर्माणका लागि हाल आठ करोड रुपैयाँ खर्च भइसकेको अध्यक्ष पोखरेलको भनाइ छ ।