image
image

नप्सेमा सामान्य अंकको बृद्धि, तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौँ १७ कात्तिक  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको बृद्धि भएको छ । नेप्से आज ५.२२ अंकले बढेर दुई हजार ८ सय ४८ दशमलब ८४ विन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीको ९९ लाख ९५ हजार ५ सय २२ शेयर ६१ हजार ७ सय ४५ पटक कारोबार भएको छ। त्यस्तै, आज नेप्सेमा ६ अर्ब ५५ करोड ३० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बाहेक अन्य सबै समूह बढेका छन् ।      

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने महालक्ष्मी विकास बैंक, साहस उर्जा कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, आज छ्याङदी हाइड्रोपावरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंक भएको छ । यस बैंकको आज एक अर्ब १७ करोड भन्दा बढीको कारोबार भएको छ ।              
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।