धनतेरसको दिन करोडौंको सुनचाँदीको कारोबार
काठमाडौँ १७ कात्तिक । धार्मिक मान्यताअनुसार धनवन्तरीको दिन अर्थात् धनवन्तरीमा सुन तथा चाँदीको गहना जोड्ने चलन छ । सोहि मान्यतालाई मध्येनजर गर्दै राष्ट्र बैंकले सुन-चाँदीका सिक्काको पनि विक्री खुला गरेको थियो । कोरोना महामारीका कारण अघिल्लो वर्ष भने सुन-चाँदीका सिक्का बिक्रि खुला गरिएको थिएन ।
यो वर्षको धनतेरसका दिन देशभर करिब ६२ करोड रुपैयाँ बराबरको सुन-चाँदीको कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार मंगलबार ५० किलो सुन र २ हजार किलो चाँदीको कारोबार भएको छ । ‘मंगलबार बजार मूल्यअनुसार ४० करोड बराबरको सुन र २२ करोड मूल्य बराबरको चाँदीको कारोबार भएको थियो ।
कोभिडका कारण झण्डै तीन वर्षदेखि सुन-चाँदीको कारोबार प्रभावित बनेको थियो । तर यस वर्ष सुन-चाँदीको कारोबार उत्साहजनक भएको छ ।