अमेरिकामा एक महिनामै ६ लाखलाई रोजगारी दिने निजी क्षेत्रको प्रतिबद्धता
काठमाडौँ, १८, कात्तिक । अमेरिकी निजी व्यवसायीहरूले गत महिना ५ लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिबद्धता जनाएको पेरोल सेवा फर्मले बुधबार जानकारी गराएको छ।
यो कोरोना भाइरस (कोभिड–१९) महामारी संक्रमणको डेल्टा लहरबाट प्रभावित बनिरहेका समय अमेरिकी अर्थव्यवस्थामा राहतको एक नवीनतम संकेत हो।निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ।
ठूला मझौला तथा साना सबै आकारका फर्महरूले नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको छ।सेवा क्षेत्रमा भएको अधिकांश वृद्धिमा महामारी प्रतिबन्धको कारण नराम्ररी प्रभावित भएका मनोरञ्जन र आतिथ्य प्रदायक व्यवसायहरू पनि समावेश रहेका बताइएको छ।