३८८.५ प्रतिशतले बढ्यो कपडा उद्योगको उत्पादन
काठमाडौँ, १८, कात्तिक । प्रदेश १ मा रहेका कपडा उद्योगले क्षमता यस वर्ष अत्यधिक बढाएका छने । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा यस प्रदेशमा तयारी कपडाको उत्पादन सबैभन्दा बढी ३८८.५ प्रतिशतले बढेको हो । त्यस्तै इँटाको उत्पादन सबैभन्दा बढी ७६.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा देखिएको छ ।
वर्षमा यस अध्ययनमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५७.५ प्रतिशत रहेको राष्ट्र बैंकले गरेको एक अध्ययनमा देखिएको छ ।
कोभिड संक्रमणको कारण सीमा नाका नियमित नहुँदा स्थानीय बजारमा आयातित तयारी कपडा कमी भई स्वदेशी लत्ताकपडाको माग बढेकाले तयारी कपडाको उत्पादन उल्लेख्य बढेको देखिएको रिपोर्टमा उल्लेख छ ।
सीमा नाका बन्द भई भारतीय मजदुरको आवागमन सहज नहुँदा कामदार अभावले पूर्ण क्षमतामा इँटा उद्योग सञ्चालन हुन नसकी इँटाको उत्पादनमा कमी आएको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा नेपालबाट मुख्य रुपमा निर्यात हुने वस्तुमध्ये धागोको उत्पादन २६।६ प्रतिशत, फलामे छड तथा पत्तीेको उत्पादन १४।० प्रतिशत, भटमासको तेल उत्पादन ५.९ प्रतिशतले बढेको छ भने वनस्पति घिउकोउत्पादन ८.९ प्रतिशतले घटेको छ ।
भारतीय बजारमा बनस्पति घिउको मागमा कमी आएकोले वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरु पामतेल तथा भटमासको तेल उत्पादनमा रुपान्तरण भएकोले बनस्पति घिउको उत्पादनमा कमी आएको देखिन्छ ।