नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान बुधबार रातभरी भरतपुरमा
काठमाडौँ, १८, कात्तिक। दुई वटा ट्रान्सफर्मर जलेर भरतपुर महानगर अध्याँरो भएको ३६ घण्टापछि विहीबार विहान एक बजे विजुली आएको छ। अध्याँरो हुने वित्तिकै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक काठमाडौंबाट चितवन पुगेका थिए । उनी चितवन जानु अघिनै ट्रान्सफर्मरको जोहो समेत गरेका थिए।उनी पुग्दा केही कामदार मात्रै ट्रान्सफर्मर फेर्ने काममा लागेको देखेपछि भरतपुरका विभागीय प्रमुखलाई समेत हप्काएका थिए।
पाँच जना मान्छे लगाएर पनि काम हुन्छ। यस्तो पनि तरीका हो ? कुलमानले झोक्किदै भनेका थिए। तरसँगै उनले ठेकेदार र कामदारलाई हौस्याउँदै भनेका थिए, ुतपाइँहरुलाई के चाहिन्छ सबै दिन तयार छु। खसी काट्ने भए पनि काट्नुस तर यो काम सक्नुहोला।ु
विभागीय प्रमुखलाई हप्काएका कुलमानले कामदारलाई भने हौस्याएर काम निकाले। उनी बुधबार रातभरि बसेर विहीबार विहान एक बजे विजुली सुचारु गराउन सफल भए। विहीबार विहान एक बजे विजुली सुचारु गरेपछि कर्मचारी र कामदारसँग खुशी मनाएर कुलमान काठमाडौं फर्किएका छन्।
कुलमानले लक्ष्मीपुजाको दिन कतै पनि अध्याँरो नहोस् भनेर आफै फिल्डमा खटिएका थिए। उनले कुनै ठूलो समस्या नआए लक्ष्मीपुजाको दिनमा विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने बताए।
लक्ष्मी पूजाको दिन देशभरको विद्युत माग १५०० मेगावाट वरिपरिनै रहने पनि प्राधिकरणको प्रक्षेपण छ। अहिले १०० मेगावाट क्षमताका कुलेखानी आयोजना भने नचलाउँदा पनि प्रणालीमा १६०० मेगावाट विद्युत २४ सै घण्टा उपलब्ध छ।