राष्ट्र बैंकले तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री
काठमाडौँ, १९, कात्तिक । यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले ३ हजार १ सय थान सुनका सिक्का बिक्री गरेको छ । १० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले जानकारी दिए ।
तिहारका लागि राष्ट्र बैंकले गत सोमबार र मंगलबार सुन तथा चाँदीका सिक्काको बिक्री खुला गरेको थियो । दुई दिनमा उल्लिखित संख्यामा सिक्का बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ । यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थानका दरले राष्ट्र बैंकले असर्फी बिक्री गरेको थियो ।