image
image

राष्ट्रबैंकले ब्याजदरमा हस्तक्षेप गर्दा अर्थतन्त्रमा प्रतिकुल प्रभाव

काठमाडौँ, १९, कात्तिक । पछिल्लो समय बढ्दो आयातका कारण व्यापार घाटा उच्च हुँदा शोधनान्तर स्थितिमा दबाब परेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनाका लागि सार्वजनिक गरेको आर्थिक प्रतिवेदनले शोधान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा देखिएको थियो ।

बढ्दो शोधनान्तर घाटाका कारण विदेशी मुद्राको सञ्चितिमा चाप परेको छ । हाल विदेशी विनिमयको सञ्चिति करिब ११ अर्ब १४ करोड डलर रहेको र यसले ८ महिनाको वस्तु एवं ७.८ महिनाको बस्तु तथा सेवा आयात धान्ने नेपाल राष्ट्र बैंकको दाबी छ । नेपालमा कोभिड सुरु हुनुभन्दा अगाडि (२०७६ चैत ११) बढ्दो आयातका कारण व्यापारघाटा उच्च रहँदा शोधान्तर घाटा करिब अहिलेको जस्तै अवस्थामा थियो ।

नेपालको शोधान्तरस्थितिमा सुधार ल्याउनका लागि ब्याजदर माथि राष्ट्र बैंकले हस्तक्षेप कम गर्नुपर्ने जानकारहरु बताउँछन् । अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थमा भइरहेको मूल्यबृद्धिको असर र उर्जा संकटका कारण नेपालमा भइरहेको तथा हुन सक्ने संभावित मूल्यवृद्धिको असरमा सन्तुलन कायम गर्नका लागि नेपाल राष्ट्र बैंकले ब्याजदरमा गरेको हस्तक्षेप अनुचित भएको उनीहरुको भनाइ छ ।

अर्को चिन्ताको विषय भनेको विप्रेषण आप्रवाहमा आएको गिरावट हो । विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ६।३ प्रतिशतले घटेर पहिलो दुई महिनामा १ खर्ब ५५ अर्ब ३७ करोडमा सिमित रह्यो । यसले पनि विदेशी मुद्राको सञ्चिति प्रभावित बनेको छ ।

पेट्रोलियपदार्थ तथा इन्धनमा भएको मूल्यबृद्धिले उत्पादनका सधानहरु रड, छड, सिमेन्ट, भाडा तथा ढुवानी र आयोजनाको लागत बढ्न सुरु गरिसकेको छ । अधिकांश वस्तु तथा सेवाहरु विदेशबाट आयात हुने भएकाले ब्यापार घाटा थप वृद्धि हुँदा शोधान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा दबाब अझै बढ्ने देखिन्छ ।

पछिल्लो समय अन्तर्राष्ट्रियरुपमा नै कच्चा तेलको मूल्य बढ्दा नेपाल आयल निगमको घाटा निरन्तररुपमा बढेको भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । भारतको तुलनामा नेपालमा अझै पनि पेट्रोलियम पदार्थ सस्तो रहेको निगमको तर्क छ । विगत एक वर्षदेखि निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तररुपमा बढाएकै कारण यातायात भाडा करिब २८ प्रतिशतले बढेको छ ।

यसैगरी डिजेल र पेट्रोलबाट सञ्चालित आयोजनाहरुको लागत समेत निरन्तररुपमा बढिरहेको छ । भारत, चीनलगायतका देशले इन्धनको चरम अभावको मार खेप्दा कोइलाको मूल्यमा भएको वृद्धिले नेपालका डन्डी तथा सिमेन्टको मूल्य करिब १०० देखि २०० रुपैयाँसम्म बढेको छ । यसैगरी खानेतेलको मूल्य करिब शतप्रतिशतले बढेको छ भने अन्य उपभोग्य वस्तुको मूल्य पनि त्यही अनुपातमा बढेको छ ।

यस्ता वस्तुको बढ्दो माग धान्नका लागि बढी विदेशी मुद्रा खर्च गर्नुपर्ने हुन्छ । नेपालको निर्यात अवस्था कमजोर रहेकाले विदेशी मुद्रा खासै धेरै नेपालमा भित्रिने अवस्था छैन । फलस्वरुप व्यापार घाटा बढ्दा चालु खाताको घाटासँगै शोधनान्तर स्थितिको घाटा पनि बढ्छ ।

अर्को चिन्ताको विषय भनेको विप्रेषण आप्रवाहमा आएको गिरावट हो । विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ६.३ प्रतिशतले घटेर पहिलो दुई महिनामा १ खर्ब ५५ अर्ब ३७ करोडमा सिमित रह्यो । यसले पनि विदेशी मुद्राको सञ्चिति प्रभावित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।