image
image

सवारी कारवाहीमा एकैदिन एक लाख बढी राजश्व संकलन

काठमाडौँ २१ कात्तिक । जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कारबाही गर्दा एकैदिन रु एक लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको हो । प्रहरीले गत बिहीबार दुईपाङ्ग्रे र चारपाङ्ग्रे १८२ सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो । 

मदिरा सेवन गरी सवारी चलाइएको पाइएमा हिरासतसम्म राखिनेछ । सचेतनामूलक प्लेकार्ड राखेर जाँच गरिएको गर्दा कारबाहीपर्नेमा अत्यधिकमात्रामा मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सई डोलेन्द्र हमालले जानकारी दिए । 

साथमा आवश्यक कागजात लिएर यात्रा नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र गाडीको मोडिफाइ गर्ने सवारीलाई कारबाही गर्दा उक्त रकम सङ्कलन भएको उहाँले बताए । जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत पूर्वको आँबुखैरेनीदेखि पश्चिमको कोत्रेसम्मको करिब ७२ किलोमिटर क्षेत्रका साथै भित्री सडक मार्गमा सवारी जाँच गरिएको उनले बताए । 

कतिपय चालकलाई आउँदा दिनमा गल्ती नदोहो¥याउने शर्तमा एकपटक सम्झाएर छाडिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा तनहुँमा पछिल्लो समय सवारी जाँच कार्यलाई  कडाइ गरिँदै आइएको छ । 

चाडपर्वका समयमा मदिरा सेवन गरी सवारी साधान चलाउनेको सङ्ख्या बढ्ने भएकाले जाँच कार्यलाई निरन्तरता दिँदै आइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।