image
image

गुराँस लाइफको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडौँ २१ कात्तिक  ।   गुराँस लाइफ इन्सुरेन्सको ५.७८% लाभांश सुरक्षित गर्ने सोमबार (कात्तिक २२ गते) अन्तिम दिन हो । मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले मंगलबार (कात्तिक २३ गते) बुक क्लोज गर्दैछ । यसअनुसार सोमबारसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् । सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । 
 
सभामा आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव छ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानीकर्तालाई ५.५०% बोनस सेयर  र कर प्रयोजनको लागि ०.२८% नगद लाभांश निर्णय गरेको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी बृद्धि हुने हुँदा सोही अनुरुप नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।