image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ २१ कात्तिक ।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकेको छ । यसैगरी यूरोको बिक्री मूल्य १३७.८३ रुपैयाँ र खरिद मूल्य १३७.१४ रुपैयाँ कायम हुँदा पाउण्ड स्र्टलिङको बिक्री मूल्य १६०.५० रुपैयाँ र खरिद मूल्य १५९.६९ रुपैयाँ तोकिएको छ ।

बिक्री दर ८८.२४ रुपैयाँ कायम भएको सिंगापुर डलरको खरिद दर ८७.६२ रुपैयाँ कायम छ भने १० जापानी ऐनको बिक्री मूल्य १०.४९ रुपैयाँ हुँदा १०.४४ रुपैयाँ खरिद मूल्य छ । चिनियाँ युवानको बिक्री मूल्य १८.६५, खरिद मूल्य १८.५६ र साउदी रियालको बिक्री मूल्य ३१.८४ र खरिद मूल्य ३१.९८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । 


यस्तै, कतारी रियालको बिक्री मूल्य ३२.६६ रुपैयाँ र खरिद मूल्य ३२.४९ रुपैयाँ तोकिँदा संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३२.५२३ रुपैयाँ र खरिद मूल्य ३२.३५ रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।