तिहारमा २१ लाख ३५ हजार मालाको कारोबार
काठमाडौँ, २२, कात्तिक । यस बर्षको तिहारमा सयपत्री, मखमली र गोदवरीलगायतको करिब २१ लाख ३५ हजार मालाको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसियसन नेपालले यस वर्ष करिब १८ लाख ६५ हजार मालाको खपत हुने अनुमान गरिएकोमा २१ लाख ३५ हजार मालाको कारोबार भएको जनाएको हो।फ्यानका अध्यक्ष मीनबहादुर तामाङले यस वर्ष सयपत्री मालामात्रै करिब १८ लाख १५ हजारको कारोबार भएको जानकारी दिए। उनका अनुसार १५ हजार गोदावरी फूलको मालाको कारोबार भयो।
यस वर्षको तिहारमा १८ लाख १५ हजार सयपत्रीको माला बिक्री वितरणबाट १२ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको फ्यानले जनाएको छ। त्यस्तै गोदावरीको माला बिक्री वितरणबाट ५२ लाख ५० हजार रुपैयाँको भएको छ।तिहारमा भाइटीकाको लागि यस वर्ष ३ लाख ५ हजार मखमली फूलको माला बिक्री वितरण भएको अध्यक्ष तामाङले जानकारी दिए। जसबाट एक करोड ६७ लाख ७५ हजार रुपैयाँको कारोबार भएको उनको भनाइ छ।
‘सयपत्री फूलको प्रतिमाला करिब रु.६० देखि ८० सम्म र मखमली फूलको प्रतिमाला रु.४० देखि ७० सम्म बजारमा कारोबार भएको पाइयो, उनले भने, ‘यस वर्षको तिहार पर्वको लागि आवश्यक हुने सयपत्री फूलको माला मौसम प्रतिकूलताका कारण उत्पादनमा कमी आएको थियो।अध्यक्ष तामाङले सयपत्री फूलको बजार हिस्साको करिब ८५ प्रतिशतमात्रै आन्तरिक उत्पादनले परिपूर्ति गर्ने जानकारी दिए। बाँकी १५ प्रतिशत आयात गरेर पूरा गरिनुपर्ने अनुमान गरिएको छ।
गैरपुष्प व्यवसायीहरुले फ्यानसँग समन्वय नै नगरी तिहार सुरु हुनु १५–२० दिनअगावै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरेको उनको भनाइ छ। ‘यसले गर्दा बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको हाम्रो अनुमान छ अध्यक्ष तामाङले थपे, ‘उक्त माला सस्तो भइदिँदा नेपाली उत्पादनले बजार नपाई करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नुपरेको पुष्प उत्पादक व्यवसायीहरुको गुनासो रहेको छ।
उनले आयातीत फूलको कारण नेपाली उत्पादनले बजार नपाउँदा पुष्प व्यवसायीहरु पलायन हुने अवस्था आएको गुनासो गरे। फ्यानका अनुसार मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ। केही मात्रामा निर्यातसमेत हुने गरेको छ। यस वर्षको तिहारमा करिब एक लाखभन्दा बढी मखमली फूलको माला विभिन्न मुलुकमा निर्यात भएकोे फ्यानले जनाएको छ। जसबाट कम्तीमा ३० लाख रुपैयाँ आम्दानी भएको छ।
फ्यानका अनुसार देशका सात प्रदेशको करिब ३२ जिल्लामा व्यवसायिक सयपत्री फूलको उत्पादन हुने गरेको छ। प्रदेश नं। २, बागमती, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशअन्तर्गतका तराई तथा केही मध्य पहाडी जिल्लामा कार्तिक पहिलो हप्ता आएके अविरल वर्षा र बाढीका कारण सयपत्री फूल खेतीमा असर पारेको फ्यानले जनाएको छ।