image
image

उकालो लाग्दै शेयर बजार, नेप्से परिसूचक २४०० विन्दु नजिक

काठमाडौँ। नेपालमा शेयर बजारले उचाई लिने क्रमलाई निरन्तरता दिइरहेको छ । १ हजार १०० विन्दुदेखि उकालो लागेको बजार एक वर्षको अवधिमा दोब्बर अंकले बढीसकेको छ । गत वर्षको फागुनदेखि बजारले उकालो यात्राको शुरुवात गरेको थियो । 

बिहीवारको बजारले परिसूचकमा दोहोरो उच्च अंकको बृद्धि हासिल गरेको छ भने कारोबार रकम पनि बढेको छ । यो दिन २ हजार ३७२ दशमलव ८६ विन्दुदेखि खुला भएको बजार २ हजार ३७६ विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा अघिल्लो कारोबार दिनभन्दा ३१ दशमलव ८७ अंक बढेर २ हजार ३७४ दशमलव ६४ विन्दु कायम भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अंक बढेर ४४५ दशमलव ५९ विन्दुमा पुगेको छ ।

बिहीवार २०९ ओटा कम्पनीको ६९ हजार ३३३ पटकको व्यापारमा रू. ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार बराबरको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर कारोबार भएको छ । यस दिन पनि सर्वाधिक रकमको कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ । कम्पनीको रू. ५३ करोड ३३ लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३ ले बढेर अन्तिम मूल्य रू. २ हजार ९०८ पुगेको छ । 

बिहीवारको बजारमा बैंकिङ र म्यचुअल फण्ड वाहेकका सबै परिसूचक बढेको छ । यो दिन बैंकिङको शून्य दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशतले परिसूचक घटेको हो । निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ९४ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको ४ प्रतिशत, जलविद्युतको ३ दशमलव ७७ प्रतिशत, वित्तको २ दशमलव ८४ प्रतिशत, जीवन बीमाको २ दशमलव ७१ प्रतिशत, विकास बैंकको १ दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव ९६ प्रतिशत, होटलको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४४ प्रतिशत र व्यापारिकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।

सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ५१८ पुगेको हो । उच्च दोहोरो अंकले बढेको बजारमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ६ दशमलव ७० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५० ले घटेर अन्तिम मूल्य रू. ६९६ मा झरेको हो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।