image
image

नेप्से  दोहोरो अंकले घटेपनि  पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौँ  २२ कात्तिक  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहार पछिको पहिलो कारोबाको दिन आज सोमबार दोहोरो अंकको गिरावट भएको छ । नेप्से आज १९.२० अंकले घटेर दुई हजार ८ सय २९ दशमलब ६५ विन्दुमा पुगेको छ ।

आज २३० कम्पनीको ७२ लाख ७ हजार ३ सय ९६ शेयर ४९ हजार ५ सय ३० पटक कारोबार भएको छ ।त्यस्तै, आज नेप्सेमा ४ अर्ब ४२ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कूल १३ समूह मध्ये  कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।          

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ५२ करोड भन्दा बढीको कारोबार भएको छ ।                
          
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।