वैदेशिक रोजगारी : अलमलमा पुनर्एकीकरण योजना
काठमाडौँ, २३, कात्तिक । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीका कारण वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई स्वरोजगार बनाउन अघि सारिएको ‘पुनः एकीकरण योजना’ दुई वर्षसम्म पनि लागू भएको छैन।
कोरोना महामारीको पहिलो लहरमा समस्यामा परी स्वदेश फर्किएका युवालाई लक्षित गरी सरकारले उक्त योजना अघि सारेको थियो। तर‚ दोस्रो लहर नियन्त्रणमा आइसक्दा पनि योजना कार्यान्वयनमा आउन सकेको छैन।
वैदेशिक रोजगारीमा समस्या भोगेका र रोजगारी गुमाएकालाई सरकारले स्वरोजगारका लागि कुनै ठोस योजना ल्याउनुपर्ने आवाज उठेसँगै वैदेशिक रोजगार बोर्डले पुनः एकीकरण योजना निर्माण गरेको थियो। बोर्डले कार्यविधि बनाएर श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले करिब दुई वर्षअघि पेश गरेको थियो। बोर्डले तयार पारेको उक्त कार्यविधि पर्याप्त नभएको भन्दै मन्त्रालयले विस्तृत योजना बनाउने बताएको थियो। तर अहिलेसम्म उक्त काम भएको छैन।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले आफूहरु सरकारको कार्यविधि निर्देशिकाको प्रतिक्षामा रहेको बताउँछन्। उनले भने‚ ‘बोर्ड एक्लैले गर्नसक्ने काम होइन। जसका लागि सरकारको कार्यविधि निर्देशिकाको प्रतिक्षामा रहेका छौं।सरकारले कार्यविधि निर्माणमा लागि ढिलाइ गर्दा पुनः एकीकरण योजना कुरेका युवाहरू फेरि विदेशिने अवस्था आएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।
यता मन्त्रालयका प्रवक्ता डण्डुराज धिमिरे विदेशमा रोजगारी गुमाएका समस्यामा परेकालाई पुनः एकीकरण योजनाका विषयमा व्यापक छलफल भइरहेको बताउँछन्।