image
image

सेनालाई घर बनाउन राष्ट्रिय वाणिज्यले ३.३ प्रतिशत ब्याजमा ऋण दिने 

काठमाडौँ, २३, कात्तिक । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सेनामा कार्यरत कर्मचारीलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरे । 

उक्त सम्झौतापश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सैनिकलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण आवास कर्जा प्रदान हुनेछ । बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३.३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) कर्जा प्रवाह गर्नेछ ।

सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेप समेत उपलब्ध गराउने छ । बैंकको देशभर २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।