पुरानै लयमा फर्किदै वैदेशिक रोजगारी क्षेत्र
काठमाडौँ, २३, कात्तिक।नेपालको वैदेशिक रोजगारीको क्षेत्र पुनः लयमा फर्किएको छ। कोरोना भाइरस संक्रमणदर कम भएपछि वैदेशिक रोजगारी क्षेत्र पुरानै लयमा फर्किएको हो । खोपको सहज उपलब्धतापछि असोजमा पछिल्लो डेढ वर्ष यताकै धेरै नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन्।
असोजमा ३९ हजार ६७१ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जबकी गत वर्ष असोजमा आठ हजार ९७१ जना नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।
यो वर्ष भदौमा पनि ३६ हजार ४० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष भदौमा भने एक हजार पाँच सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए।
तीन महिनामा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
पछिल्लो तीन महिनामा नेपालबाट एक लाख एक हजार १३९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। जबकी गत आर्थिक वर्ष भरीमा जम्मा एक लाख ६६ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।
त्यस्तै असार यता विदेश जाने नेपालीको संख्या हरेक महिना बढिरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। असारमा २० हजार, साउनमा २५ हजार, भदौमा ३६ हजार र असोजमा करिब ४० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्।