ह्वातै बढ्यो बिजुली गाडीको माग
काठमाडौँ २३ कात्तिक । नेपालमा पछिल्लो समय बिजुली गाडीको माग ह्वातै बढेको छ । सरकारले कर घटाएपछि बिजुली गाडीको आयात बढेको पाइएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष पहिलो तीन महिनामा करिब एक अर्ब ५४ करोड रूपैयाँ बराबरका विद्युतीय मोटरसाइकल-स्कुटर, जीप, कार, भ्यान, मिनी तथा माइक्रोबस र तीन पांग्रे सवारी आयात भएका छन्।
गत आर्थिक वर्ष पहिलो तीन महिनामा भने जम्मा १५ करोड ६ लाख रूपैयाँभन्दा बढीका बिजुलीबाट चल्ने बस, माइक्रो बस, जिप, कार, भ्यान, मोटरसाइकल, स्कुटर तथा तीनपांग्रे सवारी आयात भएका थिए ।