image
image

डलर भन्दा क्रिप्टोकरेन्सीमा ७० प्रतिशत बढी नाफा, के हो क्रिप्टोकरेन्सी ? 

काठमाडौँ २३ कात्तिक । क्रिप्टोकरेन्सीको मूल्य वृद्धि भएसँगै क्रिप्टोकरेन्सीको लगानीमा डलरभन्दा ७० प्रतिशत बढी नाफा हुन थालेको छ ।  आज क्रिप्टोकरेन्सी अर्थात् बिटकोइनको मूल्य ६७ हजार ८०३ डलर पुगेको छ, जुन मूल्य पछिल्लो ६ महिना अवधिको दोब्बर मूल्य हो ।

त्यस्तै इथरको मूल्य अहिले ४ हजार ८२५ डलर पुगेको छ । दुवै डिजिटल करेन्सीले अक्टोबरदेखि डलरको तुलनामा ७० प्रतिशत बढी प्रतिफल दिएको देखिएको छ । अक्टोबर महिनादेखि बिटक्वाइन र अन्य मुद्रामा उकालो लागेका छन ।

 के हो क्रिप्तोकरेन्सी ?  

क्रिप्टोकरेन्सी भन्नाले विनिमयका माध्यमका रुपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। सिक्का र नोटहरुको जस्तो यसको भौतिक अस्तित्व रहँदैन।


अर्थात, यसलाई सिक्का र नोटजस्तो छुन, पट्याउन वा खल्तीमा राख्न सकिँदैन। यसमा कारोबारहरुलाई सुरक्षित राख्न, तिनलाई रुजू गर्न र नयाँ मुद्रा निष्काशन गर्न संकेताक्षरको सहारा लिइन्छ। क्रिप्टोकरेन्सी डाटाबेसमा राखिएका ती सीमित प्रविष्टि  (इन्ट्री) हुन् जसलाई खास पूर्वशर्त पूरा नगरीकन कसैले पनि फेर्न वा बदल्न सक्दैनन्।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।