image
image

जलविद्युत कम्पनीहरुले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौँ २३ कात्तिक  ।आर्थिक वर्ष २०७७/७८ का लागि विभिन्न आठ जलविद्युत कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । आठ कम्पनीमध्ये तीन कम्पनीले भने नगद लाभांश मात्र वितरण गर्ने भएका छन् ।

लाभांश घोषणा गर्नेमा ङादी ग्रुप पावर, अपि पावर कम्पनी, सानिमा माई हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, सिनर्जी पावर 
रैराङ हाइड्रोपावर, रिदी हाइड्रोपावर र सुपरमाइ हाइड्रोपावर रहेका छन् ।

ङादी ग्रुप पावर कम्पनीले सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश घोषणा गरेको छ । यता अपि पावर कम्पनीले ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

यस्तै  सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको छ भने  रुरु जलविद्युत परियोजनाको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद, सिनर्जी पावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

त्यस्तै रैराङले १२.६ प्रतिशत नगद लाभांश, रिदीको १२.६ प्रतिशत र सुपरमाइ हाइड्रोपावरको ११.५ प्रतिशत दिने भएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।