image
image

आँधिखोला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो 

काठमाडौँ, २४, कात्तिक । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९३ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४१.४४ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ६६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १८.३० प्रतिशत र ५.५३ प्रतिशतले बढेको छ । 
 
गत वर्ष १ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको आँधिखोलाले यो त्रैमासमा बढाएर १ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ९१ लाख रुपैयाँबाट बढाएर ९६ लाख रुपैयाँ पुर्याएको छ । 
 
असोज मसान्तसम्म ३९ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ करोड ८७ लाख रहेको छ । 
 
कम्पनीको खराब कर्जा ४.७८५ रहेको छ । गत वर्ष यसको खराब कर्जा ४.८७ प्रतिशत रहेको थियो । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३८ पैसा (बार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयनन् ७९ पैसा छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।