image
image

बङ्गुरपालनबाट १८ लाख आम्दानी

काठमाडौँ, २४, कात्तिक। इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थालेको छ ।

कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थालेको हो । आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथ्यो । त्यही आक्रमणमा परेर कति साथी त मारिए, उनले भने, मौकाले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ ।

तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उहाँको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उहाँले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय सुरु गरेको छ । गौरव जिल्लाकै सफल बङ्गुरपालक व्यवसायीका रूपमा चिनिन्छन् ।

सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिए । इराकमा मासिक रु ७० हजार कमाउने उनले बङ्गुरपालनबाटै मासिक रु डेढ लाख बचत गर्दै आएको छ । अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किएका उनले बङ्गुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गरेको हो । बजारको माग धान्नै सकेको छैन ।

समाजमा केही जातलाई बङ्गुर पाल्न नहुने जातका रूपमा हेरिन्छ । ब्राह्मण, क्षेत्री समुदायमा त सुँगुर÷बङ्गुर छुनै हुँदैन, छोएमा जात जान्छसमेत भनिन्छ । यस्तो सोच राख्ने समाजमा बसेर बङ्गुर पाल्नु उनका लागि सहज कहाँ थियो र ? तर आफैँले काम सुरु नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठान्नुभएका उनले सामाजिक चुनौतीकै बीच बङ्गुर पाल्न लागेको हो ।

सात वर्षका अवधिमा उहाँले फार्ममा झण्डै रु एक करोड लगानी गरेको छ । यद्यपि अझै पनि उहाँलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ । व्यवसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उनको यो पेशाबाट सन्तुष्ट छैनन् । “मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेकेको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर उनले अहिले पनि यो काम नगर अरू केही गर भन्छन्, उनले भने, ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । 

उनले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बङ्गुरलाई रु ८५ हजारमा बिक्री गरेको छ । बजारमा उत्पादन हुने फोहर उठाएर बङ्गुरलाई आहार दिने गरेका उनले आजभोलि फोहरलाई कम गरेर दाना खुवाउन थालेको छ । यही कारण रु चार हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य रु पाँच हजार ५०० पुगेको छ ।

एउटा माउ चार/पाँच बेत ब्याएपछि मात्र मासुका लागि बेच्ने गरेको बताए । उनको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बङ्गुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।