image
image

एकादशीको अवसरमा बूढानीलकण्ठमा मेला लाग्ने

काठमाडौँ  २४ कात्तिक । उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ ।

कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको बूढानीलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काले बताएका छन् ।

शिवपुरी र खप्तड बाबाले तप गरेको पावन शिवपुरी पर्वत शृङ्खलाको काखमा रहेको पवित्र बूढानीलकण्ठ मन्दिरमा हरेक वर्ष लाग्ने गरेको सो मेला कोरोना महामारीको कारण रोकिएको थियो । खड्काले भने,“हामीले मेलाको लागि सबै प्रकारको तयारी गर्न समितिमार्फत सम्पूर्णकार्य अगाडि बढाइसकेका छौ ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।