राष्ट्र बैंकले २० अर्ब रुपैयाँ सापटी दिँदै
काठमाडौँ २४ कात्तिक । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि भोलि कार्तिक २५ गतेदेखि १४ दिनका लागि सर्ट टाइम लोन जारी गर्न लागेको हो ।
कात्तिक २५ गते जारी हुने यस रिपो आगामी मंसिर ९ गते परिपक्व हुनेछ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रित पुर्याएर अनलाइनमार्फत नै रिपोका लागि आवेदन दिन सक्नेछन् । तर, सबैभन्दा बढी ब्याजदर अफर गर्नेबाट क्रमशः रिपो प्रदान गरिनेछ ।
केन्द्रीय बैंकले बजारमा तरलताको अभावमा रिपोमार्फत पैसा पठाउने गर्छ भने अधिक तरलताको अवस्थामा रिभर्स रिपो मार्फत पैसा उठाउने गर्छ । पछिल्लो समय बजारको तरलता अभावको समस्यालाई हल गर्न बैंकले रिपो मार्फत बजारमा पैसा पठाउँदै आएको छ ।
हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन्। केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर चार दशमलव ९६ प्रतिशत पुगेको छ। त्यस्तै चालु आवमा मङ्गलबारसम्म बैंक तथा वित्तीय संस्थाले रु १३ खर्ब ६२ अर्ब ८८ करोड अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन्। बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुन सकेको छैन।