image
image

दुई सातामै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २५, कात्तिक । सरकारले दुई साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ। यसअघि १२ कात्तिक राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको थियो।

यस पटक पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँका दरले बढाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १३६, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ११९ पुगेको छ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रूपैयाँ बढाएर एक हजार ५७५ रूपैयाँ पुर्‍याएको छ। यसअघि १२ कात्तिकमा ग्यासको मूल्य ५० रूपैयाँले बढाइएको थियो।

पेट्रोलको भाउ प्रतिलिटर १ सय ३६ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय १९ रूपैयाँ पुगेको छ।

त्यस्तै, हवाई इन्धन प्रतिलिटरमा ५ रूपैयाँ बढाएर १०१ रूपैयाँ पुर्‍याएको छ। यसअघि १२ कात्तिकमा हवाइ इन्धनको मूल्य बढ्दा हवाइ भाडा पनि बढेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।