सूर्योदय लघुवित्तले प्रस्ताव गर्यो २० प्रतिशत बोनस लाभांश
काठमाडौँ, २५, कात्तिक । सूर्योदय लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ४ करोड ९६ लाख ८ हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९ सय २५ रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।