image
image

२ सय ८० घरधुरीलाई निस्शुल्क सोलार वितरण

कामठाडौँ, २५, कात्तिक । डोल्पामा २ सय ८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ ।  त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न वडाका सर्वसाधारणलाई सोलार वितरण गरिएको हो ।

वैकल्पिक ऊर्जा परिवर्द्धन केन्द्र काठमाडौंको अनुदान सहयोगमा नगरपालिकाअन्तर्गतका वडा नम्बर १ का ४०, वडा नम्बर २ का ७१, वडा नम्बर ३ का ३५, वडा नम्बर ४ का ३५,वडा नम्बर ७ का ४०, वडा नम्बर ८ का ३५ गरेर कूल २ सय ८० घरधुरीलाई सोलार वितरण गरिएको हो ।

कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाको रोहबरमा ८० वाटको सोलार, ब्याट्री, तार, बल्बलगायत सामानसहित निस्शुल्क सोलार वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले बताए ।

डोल्पासम्म सिधा यातायातको सुविधा नहुँदा वर्षातको समयमा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुःख कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको रोकायको भनाई छ ।दैनिक घण्टौ लोडसेडिङको मारले अँध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामीण गाउँ बस्तीका नागरिक सोलार पाएपछि खुसी भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाका सत्र सय घरधुरीले सोलारको लागि आवेदन दिएका थिए । प्रतिघरधुरी एक सय रुपैयाँ र नागरिकताको फोटोकपी बुझाएका १४ सय २० घरधुरीले सोलार पाएनन् ।वैकल्पिक ऊर्जाले माग गरेजति सबै सोलार नदिएपछि आवेदन दिएका सबैघरधुरीले सोलार नपाएको नगरपालिकाले बताएको छ ।

सुरुमा एक सय रुपैयाँ र नागरिकता पेस गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुसी थियौं । अहिले अन्तिममा आएर नगरपालिकाले ऊर्जाले पठाएको नामलिष्टमा नाम छैन भनेर भन्यो त्रिपुरासुन्दरी नगरपालिका १ का प्रेम शाहीले भने ।

गरिब विपन्नका लागि सोलार भनिएको थियो । तर, कतिपय हुनेखाने र नेता तथा जनप्रतिनिधिलेनै सोलार पाए । वास्तविक विपन्न पनि छुटेका छन्, उनले भने ।

एकप्रति नागरिकताको फोटोकपी र एक सय रुपैयाँ उठाएका चौध सय २० घरधुरीका सबैले सोलार नपाएपछि विवाद उत्पन्न भएको छ ।सबै नागरिकको नाम सोलार पाउने सूचीमा छनोट नभएपछि विवाद भएको हो ।

सोलार पाउने व्यक्तिको नाम छनोटका विषयमा यता वडाका कतिपय जनप्रतिनिधिलाई थाहै नभएको बताएका छन् । आफ्नै वडामा पनि सोलार पाउनेको नाम पनि के कसरी छानियो आफूलाई थाहा नभएको वडा नम्बर १ का अध्यक्ष कर्मसिंह थापाले बताए ।

यस विषयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत सौर्य तथा वायु ऊर्जा शाखाका सहायक निर्देशक डा। लक्ष्मण प्रसाद घिमिरेसँग बुझ्दा नगरपालिकालेनै नाम छनोट गरेर पठाएकाले त्यसैका आधारमा सूची प्रकाशित गरिएको बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।