नेप्सेमा प्रभु बैंकको सेयर कारोबार रोक्का
काठमाडौँ, २५, कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडको कारोबार रोक्का गरेको छ । बैंकको सञ्चालक समितिको बैठक कारोबार समयमा बसी लाभांश घोषणा गरेको हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंकको कारोबार रोक्का गरेको हो ।
बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।