महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसार सिर्जना
काठमाडौँ, २५, कात्तिक । नेपाल पर्यटन बोर्डले यर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगा प्रदान गर्ने भएको छ । कोरोना भाइरस कोरोनाका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसार सिर्जना गर्न लागिएको हो ।
बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा गर्न लागेको हो । उक्त कार्यक्रमअन्र्तगत पर्यटन महिला श्रमिकले उपत्यकाभित्रको पर्यटकीय क्षेत्रको सरसफाइ, पैदलमार्गमा रहेको पुल तथा पुलेसाको मर्मत सम्भार, पैदलमार्गका सिँढी मर्मतसम्भारलगायतका काम गर्नुपर्नेछ । अल्पकालीन रोजगार कार्यक्रममा भाग लिन चाहने महिला पर्यटन व्यवसायी एवं श्रमिकले निवेदन, नागरिता प्रमाणपत्रको प्रतिलिपि, पर्यतन मजदुर खुल्ने परिचयपत्रको प्रतिलिपी र बैंक खता नम्बर बोर्डको कार्यालयमा अनिवार्य बुझाउनुपर्ने छ ।
आगामी मङ्सिर १ देखि २९ गतेसम्म प्रदान गरिने रोजगार कार्यक्रमका लागि यहि कात्तिक ३० गतेसम्म दरखास्त बुझाउने समय तोकिएको छ । १०० जनालाई प्रदान गरिने रोजगार कार्यक्रमबाट श्रमिकले प्रत्येक दिन रु एक हजार रकम पाउने बोर्डले जनाएको छ ।