image
image

देशभर यी स्थानमा फाइजर खोप दिईने

काठमाडौँ  २५ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयले देशभरका १२ वर्षमाथिका दीर्घरोगीलाई  २४ वटा अस्पतालबाट फाइजरको पहिलो डोज खोप लगाउने भएको हो ।

मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ ।खोप लगाउन जाने व्यक्तिले उपचार गराइरहेको अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धी पुर्जा अनिवार्य लैजानुपर्ने छ।


सरकारले तोकेका देशभरका खोपकेन्द्रहरु यसप्रकार छन्  :
– गंगालाल हृदयरोग केन्द्र (काठमाडौँ )
– शिक्षण अस्पताल (काठमाडौँ )
– वीर अस्पताल (काठमाडौँ )
– निजामती कर्मचारी अस्पताल (काठमाडौँ )
– वीरेन्द्र सैनिक अस्पताल (काठमाडौँ )
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा)
– धौलागिरि अस्पताल (बाग्लुङ)
– लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल)
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)
– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर)
– भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर)
– मानव अंग प्रत्यारोपण केन्द्र (भक्तपुर)
– मेची अञ्चल अस्पताल (भद्रपुर)
– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)
– कोसी अञ्चल अस्पताल (विराटनगर)
– कर्णाली प्रदेश अस्पताल (सुर्खेत)
– सेती प्रादेशिक अस्पताल (धनगढी)
– डडेल्धुरा अस्पताल (अमरगढी)
 – गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (राजविराज)
– नारायणी अञ्चल अस्पताल (वीरगन्ज)
– जनकपुर प्रादेशिक अस्पताल (जनकपुर)
– बिपी कोइराला क्यान्सर अस्पताल (भरतपुर)
– धुलिखेल अस्पताल (धुलिखेल) 
– भेरी अस्पताल (नेपालगन्ज)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।