सरकारले अनुदान दिएको १० हजार लिन निवेदन दिनुपर्ने
काठमाडौँ, २५, कात्तिक । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीबाट प्रभावित अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने भएको छ । कोरोनाबाट प्रभावित बनेका पाँच लाख यो वर्ष राहत स्वरुप १० हजार अनुदान दिने कार्यक्रम सरकारले ल्याएको थियो।
अर्थमन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अबको १५ दिनभित्र बसोबास गरिरहेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। अनुदान लिनका लागि मंसिर १० गतेभित्र निवेदन दिनुपर्ने भएको छ ।
बन्दाबन्दीको कारणबाट विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको संगठित क्षेत्रको मजदुर वा कामदार, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अतिविपन्न व्यवसायी, कोभिड संक्रमणको कारण एकाघरपरिवारको आय–आर्जन गर्ने, मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नुपरेका परिवार तथा अभिभावक गुमाएका नाबालकलाई स्याहार्ने परिवारले सो रकम पाउनेछन् ।
अनुदान वितरणका लागि सरकारले कार्यविधि पारित गरिसकेको छ। सोही कार्यविधि अनुसार वितरण गरिने छ।