image
image

शेयर बजारमा उच्च अंकको गिरावट हुँदा पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि 

काठमाडौँ २५ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । नेप्से आज ५९.५७ अंकले घटेर दुई हजार ६ सय ९० दशमलब २९ विन्दुमा पुगेको छ ।

आज २२५ कम्पनीको ९४ लाख ७५ हजार ९ सय ३६ शेयर ७३ हजार ३ सय २८ पटक कारोबार भएको छ ।  त्यस्तै, आज नेप्सेमा ५ अर्ब ११ करोड ९६ लाख बराबरको कारोबार भएको छ । मंगलबार साढे ६ अर्ब भन्दा बढीको कारोबार भएको थियो । कूल १३ समूह मध्ये सबै समूह घटेका छन् ।  

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।      

त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महिला लघुवित्त वित्तीय संस्था भएको छ । यस बैंकको आज ४७ करोड भन्दा बढीको कारोबार भएको छ ।       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।