नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत , कुनको कति ?
काठमाडौँ २५ कात्तिक । नेप्सेमा दुई वटा कम्पनीको सेयर सूचीकृत भएको छ । जसमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ७ करोड ७० लाख कित्ता हकप्रद सेयर रहेको छ । कम्पनीले साउन ५ गते देखि भदौ ८ गतेसम्म ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता (१००%) हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये ७ करोड ७० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै, इन्फिनिटी लघुवित्तको ६ लाख ३९ हजार ५३५.२२ कित्ता सेयर पनि नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन नेपाल एग्रो लघुवित्तको सेयर इन्फिनिटीको नाममा सूचीकरण भएको हो । इन्फिनिटीले नेपाल एग्रोलाई १ः०.९८ अनुपातमा एक्वायर गरेको थियो । इन्फिनिटीले नेपाल एग्रोलाई एक्वायर गरेर भदौ ४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।