image
image

सेयर बजार निरन्तर ओरालो

काठमाडौँ, २६, कात्तिक । पछिल्लो समयमा सेयर बजार निरन्तर ओरालो लागेको छ। लगानीकर्तामा निराशा छाएसँगै सेयरमा आकर्षण घटेको हो। नियमनकारी निकायले सेयर बजार नियन्त्रण गरेकाले सेयर बजार खुम्चिन पुगेको सेयर विश्लेषकको बुझाइ छ। एक हप्तायता सेयर निरन्तर ओरालो लागेको छ। 

बैंकमा लगानीयोग्य पुँजी नहुनु र ब्याजदर बढ्दा सेयर बजारमा प्रत्यक्ष असर परेको छ। कतिपयले सेयरमा लगानी गर्नका लागि बैंकबाट ऋण लिने गर्छन्। तर अहिले बैंकमा तरलता अभाव भएसँगै सेयर बजारमा गिरावट आएको विश्लेषकहरूको बुझाइ छ।  सेयर विश्लेषक सन्तोष मैनालीले सेयर बजार घट्नुको ठोस कारण केही देख्दैनन्। बैंक तथा वित्तीय संस्थाहरूले नाफा बाँड्न थालेका छन्। धमाधाम लाभांश लिने घोषणा गरेसँगै सेयर बजारमा किनबेच रोकिएको छ। लगानीकर्ताले नाफा बुक गर्न लागेकाले सेयर बजार घटेको मैनानी बताउँछन्।  

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्दै छ। समीक्षा गर्ने क्रममा विभिन्न हल्ला चल्दा पनि सेयर बजारमा त्यसको असर पर्ने गरेको छ। केही समयअघि मौद्रिक नीति सेयर बजारप्रति लचिलो हुने हल्ला चलेसँगै सेयर बजार बढेको थियो। तर पछिल्लो समयमा सेयर बजारलाई अझै कडाइ गर्ने चर्चा चलेसँगै लगानीकर्ता निरुत्साहित भएका छन्। 

बैंकको अस्वाभाविक ब्याजदर बढ्दा सेयर बजार घट्यो। राष्ट्र बैंकले ब्याजदरमा क्याप लगायो। अब मंसिर लागेसँगै बैंकको ब्याजदर बढ्ने संकेत देखिएको छ। ब्याज बढ्दा अझ सेयर बजार खस्किन सक्ने प्रारम्भिक अनुमान विश्लेषकहरूको छ। 

पुँजी बजार संघका अध्यक्ष राधा पोखरेलले नियमक निकायले नियन्त्रण गरेकाले सेयर बजार घटेको बताउँछिन्। ‘मौद्रिक नीति समीक्षा हुने क्रममा राष्ट्र बैंक लचिलो होला भन्ने थियो’, उनले भनिन्,‘तर राष्ट्र बैंक पछिल्लो समयमा झन् कडाइ गर्ने भनेपछि लगानीकर्ता निरुत्साहित भएका छन्।’  त्यसो त मौद्रिक नीतिको समीक्षा नहुँदासम्म सेयर बजारमा उत्साह नआउने देखिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।