मुग्लिन–नगढुङ्गा सडक विस्तारका लागि छनोट प्रक्रिया अघि बढाइयो
काठमाडौँ, २६, कात्तिक । मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । ती खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनवरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सूरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गना–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।
विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड (१२ किलोमिटर), नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड (४३ किलोमिटर) र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड (४० किलोमिटर) का रुपमा छुट्याइएको छ ।
तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । उनले सो राजमार्ग विस्तारका लागि बोलपत्र आहवा्न गरिएकोमा आवेदन दिएका कम्पनीहरुको प्रिक्वालिफिकेसन छनेट प्रकियासमेत पूरा भइसकेको जानकारी दिए ।