image
image

पूर्वाधार क्षेत्रमा लगानी नगरेको भन्दै बीमा समितिले कम्पनीहरूलाई काट्यो पत्र

काठमाडौं १० फागुन । बीमा कम्पनीहरूले लगानी निर्देशिकाले गरेको व्यवस्था अनुसार सम्बन्धित क्षेत्रमा लगानी नगरेपछि त्यस क्षेत्रमा लगानी गर भन्दै पत्र काटेको छ । लगानी निर्देशिकाअनुसार राज्यको प्राथमिकता प्राप्त क्षेत्र (कृषि, पर्यटन र ऊर्जा) मा आफ्नो कुल लगानीको २० प्रतिशत लगानी गर्नुपर्ने भएपनि बीमा कम्पनीहरूले सो अनुरुप लागनी नगरेपछि समितिले त्यस्ता बीमा कम्पनीलाई पत्र काटेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । 

‘बीमकको लगानी निर्देशिका २०७५’ अनुसार बिमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्कबाट विविध क्षेत्रमा लगानी गर्नुपर्ने नियम छ । निर्देशिका जारी भएको २ वर्ष बितिसक्दा सम्म निर्देशिका अनुसार लगानी नगरेपछि समितिले यस्तो पत्र काटेको हो । 

प्राय सबै बीमा कम्पनीले राज्यको प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गरेका रहेनछन्न्,’ उनले भने ‘त्यस्ता क्षेत्रमा लगानी गर भरेर पत्र काटेको हौं ।’ हाल प्राय सबै जीवन बीमा कम्पनीहरूले वाणिज्य बैंकको फिक्स डिपोजिट र ऋणपत्रमा मात्रै लगानी गर्दै आएका छन् ।  मुलुकको पूर्वाधार क्षेत्रमा गर्नुपर्ने लगानी समेत नगरी बसेका हुनाले सो क्षेत्रमा लगानी गर्न बीमा समितिले ताकेता गरेको हो । 

निर्देशिकामा उल्लेख भएबमोजिम लगानी गर्नुपर्ने क्षेत्रमा लगानी नगरेपछि हामीले बिमक कम्पनीलाई पत्र काटेर सो लगानी गर्न भनेको समितिका कार्यकारी निर्देशक राजुरमश पौडेलले जानकारी दिए । ‘तोकेको ठाउँमा लगानी गर भनिएको हो,’ उनले भने ‘लगानी निर्देशिकाअनुसार पूर्वाधारमा लगानी नगरे सोही बमोजिमको कारवाही गर्न समिति बाध्य हुनेछ ।’

१९ वटा लाइफ इन्स्योरेन्स कम्पनी मध्ये हाल नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले मात्रै लगानी गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सले पूर्वाधार क्षेत्रमा एक अर्ब ८६ करोड १६ लाख रपैयाँ लगानी गरेको छ भने प्राइम लाइफले १५ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ । 
नेपाल विमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बीमा समितिले लगानी गर भने पनि अनिवार्य गरेकाले कम्पनीहरूले यस क्षेत्रमा लागनी नगरेर सुरक्षित क्षेत्रमा लगानी गरेको बताए ।

‘यदि समितिले हामीलाई पूर्वाधार क्षेत्रमा अनिवार्य लगानी गर भन्छ भने विमक कम्पनीहरूले त्यहि अनुसारको लागनी नीति बनाएर लगानी गर्छन,’ उनले भने ‘ समितिले अनिवार्य रुपमा लगानी गर्नुपर्ने भनेको क्षेत्रमा हामीले लगानी गरेका छौं ।’ हामीसँग भएको फन्ट भनेको आम विमितको हो । निश्चित अवधिपछि हामीले बिमितलाई सो पैसा बोनससहित फिर्ता गर्नुपर्छ ।’ त्यसैले कम्पनीहरूले जोखिम हुन सक्ने क्षेत्रमा लागनी नगरेका हुन् । बीमा लेखमार्फत जम्मा भएको सो रकम सुरक्षित क्षेत्रमा लगानी गरिएन भने लगानी जोखिमममा पर्न सक्छ । 

बीमा समितिले बीमा कम्पनीहरूलाई आज आइतबार लगानी निर्देशिका अनुसार लगानी भए नभएको स्पष्ट पार्न र नभएको भए लगानी गर भनेर पत्र काटेको हो । नवनियुक्त अध्यक्ष सिलवालले गत साता पनि राष्ट्र बैंकलाई पत्र काटेर बीमा लेख धितोमा बैंकहरूलाई लगानी गर्न नदिन आग्रह गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।