image
image

सिटिजन्स बैंकको ३५ हजार ६३५ कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौँ, २६, कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३५ हजार ५३५ दशमलव ९९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी क्षितिज भुषालको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो ।

कम्पनीले न्यूनतम विक्री मूल्य प्रतिशेयर रू. २०४ तोकी गत भदौ २ गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा उक्त शेयर खरीद गर्न संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।