image
image

पहिलो त्रैमाससम्म साना किसान विकास लघुवित्तको खुद नाफा साढे १६ करोड

काठमाडौँ, २६, कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ करोड ५४ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १८ दशमलव १२ प्रतिशत बढी भएको हो ।

यस वर्ष ५ करोड ५१ लाख ९८ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको कम्पनीको खुद ब्याज आम्दानी करिब १२ प्रतिशत बढी २९ करोड ९२ लाख रुपैयाँ भएको छ । खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालक नाफा पनि यो वर्ष साढे १४ प्रतिशत बृद्धि भई २० करोड ७३ लाख ५३ हजार रुपैयाँ भएको छ । सम्भावित जोखिम शिर्षकमा गत वर्ष ५ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएको कम्पनीले यस वर्ष ६ करोड रुपैयाँ भन्दा बढी छुट्याएको छ । खराब कर्जा संकलन गत वर्ष ३ करोड ९० लाख रुपैयाँ थियो । यस वर्ष यो रकम बढेसँगै कम्पनीको खुद नाफा बढ्न सहयोग मिलेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा १८ दशमलव ३५ प्रतिशत बढी २ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ कायम भएको छ । यस वर्ष गत वर्षभन्दा करिब १६ प्रतिशत बढी २१ अर्ब ४० करोड ८६ लाख रुपैयाँ कर्जा सापटी लिएको कम्पनीले २९ प्रतिशत बढी २५ अर्ब ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९९ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ६६ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी ५२ दशमलव ८७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २९९ दशमलव ४२ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।