बेमौसमी वर्षाले ७० करोड बराबरको धान बलिमा क्षति
काठमाडौँ २७ कात्तिक । दाङमा बेमौसमी वर्षाले आठ हजार ८८० हेक्टरमा गरिएको धानमा खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जसअन्तर्गत रु ७० करोड मूल्य बराबरको धानमा क्षति पुगेको केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभएको छ । जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएको थियो ।









