यस वर्ष खाद्यले धान खरिद नगर्ने
काठमाडौँ २७ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरिद नगर्ने भएको छ । धान खरिदका लागि हालसम्म कुनै पनि जानकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई नआएको कार्यालयले जनाएको छ । धान खरिदका लागि हालसम्म कुनै पनि जानकारी नआएको कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । “अहिले सम्म कुनै जानकारी आएको छैन, यस वर्ष धान खरिद हुँदैन”, उनले भने । “धान खरिद गर्नभन्दा पहिले मिलसँग कुराकानी गर्दा मिलवालाले कुटाउन नसक्ने भन्ने जवाफ दिने गर्छन्”, चौधरीले भने ।
कम्पनीलाई जिल्ला बाहिर लगेर धान कुटाउनु पर्ने बाध्यता रहेको छ । जिल्लामा रहेका धेरै मिलसँग समन्वय भएपनि कुटाउन नमानेको उनको भनाइ छ । “हाम्रोे मापदण्डअनुसार कुटानी गर्न सक्दैनौँ भनेका कारण कुटानीमा समस्या छ”, उनले भने । अन्य जिल्लामा खरिद गरेर कुटानी गरेको चामल आइ रहेको चौधरी बताउँछन् । “हामीसँग चामल राख्नका लागि मात्र स्थान छ तर धान खरिद गरेर राख्न स्थान पनि छैन त्यसैले पनि समस्या परेको हो”, उनले भने ।
व्यापारीले भन्दा कम्पनीले बढी मूल्यमा खरिद गर्ने आशामा कृषकहरु रहेका थिए तर अब बाध्य भएर व्यापारीले भनेको मूल्यमा नै धान बेच्नुपर्ने भएको छ । वर्षाले धान खेतीमा क्षति पु¥याएको तथा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्दा कृषक थप पीडामा रहेका छन् ।