image
image

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति

काठमाडौँ २७ कात्तिक । करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो । विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग गरेका थिए ।


चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयवासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । क्षतिपूर्ति दिने सहमति भएसँगै शव दमौली अस्पतालमा परीक्षण गरी बेलचौतारामा लगेर अन्त्येष्टि गरिएको छ । समितिले किरिया खर्चबापत रु एक लाख आइतबार उपलब्ध गराउने र बाँकी रु १५ लाख पुस २५ गतेभित्र उपलब्ध गराउने सहमति गरेको छ ।

करेन्ट लागेर सोही ठाउँका अन्य दुईजना घाइते भएका थिए । घाइतेको पनि उपचार खर्च समितिले बेहोर्ने भएको छ । विद्युत् व्यवस्थापन समितिको लापरबाहीले ट्रान्सफर्मरमा फ्युज नराखीकन विद्युत् प्रवाह गर्दा घटना भएको पीडित परिवारको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।