image
image

नेप्सेमा दुई कम्पनीकाे सेयर सूचिकृत

काठमाडौँ २७ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार एउटा कम्पनीकाे हकप्रद सेयर र एउटा कम्पनीकाे प्राप्ति पश्चातकाे सेयर यस साता नेप्सेमा सूचिकृत भएकाे हाे ।


बिहीबार हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) काे ७ कराेड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । कम्पनीले साउन ५ गतेबाट भदाै ८ गते, मंगलबारसम्म १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । उक्त हकप्रद सबै बिकेकाे थिएन । कम्पनीले फेरि लिलाम बढाबढ गरेर बिक्री खुल्ला गरेकाे थियाे ।

त्यसैगरी, बिहीबार नै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १:०.९८ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।