एसेम्बल उद्योग स्थापना गर्दा चार मापदण्ड पुरा गर्नुपर्ने
काठमाडौँ, २८, कात्तिक । सरकारले नेपालमा स्थापना हुने मोटरसाइकल एसेम्बल कम्पनीको मापदण्ड तोकेको छ । नेपालमा मोटरसाइकल एसेम्बल गर्ने उद्योग बढ्न थालेसँगै उद्योग विभागले ४ वटा मापदण्ड तोकेको हो ।
विभागको तोकेको मापदण्डअनुसार नेपालमा स्थापना हुने एसेम्बल उद्योगले रोजगारी सृजनादेखि स्वदेशी कच्चापदार्थको प्रयोग समेत गर्नुपर्ने हुन्छ । मापदण्डअनुसार उद्योग स्थापना भएको पहिलो वर्ष १० प्रतिशत मूल्यअभिवृद्धि गर्नुपर्ने हुन्छ भने ५ वर्षसम्ममा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्ने हुन्छ ।
यस्तै, स्थापनाको पहिलो वर्ष ५० जनालाई रोजगारी दिनुपर्नेमा ५ वर्षसम्ममा २०० जनालाई प्रत्यक्ष रोजगारी दिनुपर्छ । यसैगरी, स्थापनाको ५ वर्षसम्ममा १० प्रतिशत कच्चा पदार्थको प्रयोग गर्नुपर्ने समेत मापण्दडले व्यवस्था गरेको छ ।