image
image

छिट्टै तरलता हट्ने अर्थमन्त्रीको दाबी

काठमाडौँ, २८, कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताउनुभएको छन् । उहाँले उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ, त्यो दिन सरकार तयार छ’, पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘भन्सार छुट चाहियो कि, विद्युत् वा कर छुट के चाहिन्छ, त्यो तत्काल सरकारले दिन्छ ।’ देशमा उत्पादित ५ सय मेगावाट बिजुली खेर जानु लज्जाको विषय भएको बताउँदै बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको बताउनुभयो । हालसम्म ४ दशमलव ७ प्रतिशतमात्रै पुँजीगत खर्च हुनु दुःखको विषय भएको स्वीकार्दै उहाँले सार्वजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी गराउनुभयो ।

बजारमा देखिएको तरलताको समस्या सल्टाउन २७ वटा वाणिज्य बैंकका कार्यकारी निर्देशकहरुसँग छलफलल गरेको जानकारी दिँदै अर्थमन्त्री शर्माले केही दिनमै तरलताको समस्या समाधान हुने दाबी गर्नुभयो । पोखरा–काठमाडौंको सडक यात्रा २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताउँदै उहाँले भन्नुभयो–‘बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्छ ।’ कोभिड प्रभावित व्यवसायीहरुको लागि घोषित पुनर्कर्जा र अनुदान वितरणको प्रभाविकारिता अनुगमन थालिएको जानकारी गराउँदै साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया शुरू भएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले बैंकहरुले नाफामुखी भएर लागू गराएको एकाधिकार तोड्न सरकारले अझ कठोर निर्णय लिनुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन तथा यहाँबाट हुने उडान सुनिश्चित गर्न आग्रह गर्नुभयोे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले कोभिडको मारमा परेका व्यवसायी १२ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताउँदै तरलताको समस्या छिटो समाधान गर्न माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।