image
image

सेयर बजारमा व्यापक उतारचढाव, ब्याजदरको हल्लाले लागानीकर्ता अलमलमा

काठमाडौँ, २८, कात्तिक । केही दिन यता लगातार ओरालो लागेको सेयर बजारमा आइतबार लगानीकर्ताहरू केही दोधारमा देखिएका छन्। दोस्रो बजारको उचारचढावलाई हेर्दा लगानीकर्ताहरू डरसँगै अवसर खोजिरहेका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर नबढाउन निर्देशन दिएको हल्लाले लगानीकर्ताहरू अलमलमा देखिन्छन्। 

आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति समीक्षाको विषयमा ब्रिफिङसमेत गरेका छन्। सेयर धितोको कर्जामा लगाइएको ४ करोड र १२ करोड रुपैयाँको सीमाका विषयमा राष्ट्र बैंक मौन छ। तर अर्थमन्त्री जनार्दन शर्मा त्यो सीमा हटाउनुपर्ने पक्षमा रहेका छन्। जसका कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्।

महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्मासहित सचिव मधु मरासिनीलाई पनि मंसिर पहिलो सातासम्ममा मौद्रिक नीतिको समीक्षा आउने जानकारी गराएका छन्। आइतबार फैलिएको सोही हल्लाका कारण पनि सेयर लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन्।

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा पुगेको छ। ७४ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। १०३ कम्पनीको सेयर बढ्दा ७५ कम्पनीको घट्यो भने ८ कम्पनीको परिवर्तन भएन। 

अर्थको दबाबपछि राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा ब्याजदर नियन्त्रणसम्बन्धी कस्तो नीति लिन्छ भन्ने विषयलाई पनि लगानीकर्ताहरूले पर्खेर बसिरहेका छन्।अर्कोतर्फ राष्ट्र बैंकले लगानीकर्ताहरूको माग सम्बोधन गरिदियो भने बजार बढ्ने भन्दै ठूला लगानीकर्ताहरू रेडि टु मुभको अवस्थामा छन्। यदि राष्ट्र बैंकले बजारमैत्री नीति लियो भने सेयर बजारले अर्को उचाइ लिने विश्लेषण गरिएको छ।

यदि बजार सुधार हुने अवस्थामा पुग्यो भने पुनः राम्रो लाभांश दिएका बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आउने देखिन्छ। अर्को तर्फ ठूला लगानीकर्ताहरूले खेल्न सजिला कम्पनीको सेयर मूल्यमा पनि उछाल आउने हुँदा यहिअनुसार लगानीकर्तालाई उत्तम हुन्छ। तर यो समय दीर्घकालीन लगानीको सयम भने होइन। अवस्था हेरेर अल्पकालीन अवधिका लगानीकर्ताले मात्रै राम्रो लाभ लिन सक्ने देखिन्छ।

अहिलेको तरलता अभाव तत्काल समाधान हुने कुनै आधार नभएको हुँदा अबको केही समय यसले प्रभाव पारिरहने निश्चित छ। अर्कोतर्फ अबको सिजन घरजग्गाको सिजन हो। जब लगानीकर्ताको ध्यान घरजग्गामा जान्छ तब तब सेयर बजार ओरालो झरेको उदाहरण धेरै छैन। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।