इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडादर, कुन ठाउँको कति भाडा ?
काठमाडौँ, २८, कात्तिक । हवाई इन्धनको मूल्य बढेपछि भाडा पनि बढ्ने भएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकले हवाई भाडा पनि बढाएका छन् ।
नेपाल वायु सेवा सञ्चालकले न्यूनतम २० देखि २०० सम्म हवाई टिकट दर बढाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त मूल्यलाई स्वीकृति दिएसँगै आइतबारदेखि भाडादर कायम गरिएको छ ।
केही दिअघि निगमले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको छ । सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपैयाँ वृद्धि भएको छ भने सबैभन्दा कम डोटी–साफेबगर रुटमा २० रुपैयाँ भाडा वृद्धि भएको छ ।