पाँचतारे होटल हायात प्लेस आजदेखि सञ्चालनमा
कामठाडौँ, २९, कात्तिक । व्यापारिक घराना गोल्यान समूहको पाँचतारे होटल हायात प्लेस आज (सोमबार) देखि सञ्चालनमा आउने भएको छ। हायात ब्रान्डमा बनिरहेको यो होटल अन्तर्राष्ट्रिय चेनको पाँचतारे स्तरको हो।हायात अमेरिकी कम्पनी हो। नेपालमा हायात प्लेस दोस्रो ब्रान्च हो। यसअघि हायात रिजेन्सी सञ्चालनमा छ। हायात रिजेन्सी र हायात प्लेसका लगानीकर्ता फरक हुन् तर यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड एउटै हो।
समूहका अनुसार होटलको भौतिक संरचना बनाउन सक्ने भए पनि व्यवस्थापन तथा सञ्चालनको अनुभव तथा विज्ञता नभएकाले व्यवस्थापनको काम हायातलाई दिएको हो।हायातले विश्व बजारमा सफलता पाएकाले यहाँ होटल राम्रो चल्नेमा ग्रुपका अध्यक्ष पवन गोल्यान विश्वस्त छन्।विश्व बजारमै हायातले सफलता पाएको छ। हामी हाम्रो कर्मचारीलाई परिवार जस्तै सोच्छौं उनले भने,त्यसले गर्दा राम्रो चल्छ भन्नेमा शंका छैन।
१४ तले भवनमा एक सय ५३ वटा कोठा छन्। लक्जरी तथा बिजनेसमा वर्गीकरण गरी सबैलाई मिल्नेगरी कोठाहरूको इन्टेरियर डिजाइन गरिएको छ।पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट छ। होटलमा क्यासिनोबाहेक सबै स्तरीय सुविधा हुने पनि समूहको दावी छ। पछि नजिकै जग्गा पाए ठूलो क्यासिनो खोल्ने योजना समूहको छ।
हायात प्लेसको प्रतिकात्मक डिजाइन
यहाँ स्विमिङ पुल, स्पा, जिम, ब्यांकेट हल, सात सय क्षमताका मिटिङ रूम हुनेछन्। होटलले एक सय ५० जनालाई रोजगारी दिएको गोल्यानले बताए।साढे दस रोपनी क्षेत्रफलमा काठमाडौंको सोल्टीमोडमा रहेको होटल २०७६ साल पुसभित्रै सञ्चालनमा ल्याउने समूहको योजना थियो। तर विश्वव्यापी रूपमा फैलिएको कोराना महामारीले सफल हुन सकेन।
होटल सञ्चालन अवधि डेढ वर्ष पर धकेलिएको ग्रुपका अध्यक्ष गोल्यानले बताए।गत पुसमै होटल सञ्चालनमा ल्याउने योजना थियो, तर कोभिडका कारण सकिएन, उनले भने। गोल्यानका अनुसार कोरोनाले सामान आउन नसकेपछि निर्माण काम रोकिएको थियो।
चीन र इट्लीबाट केही सामान आउनुपर्ने थियो। चीनमै पहिला कोरोना देखिएपछि आउन सकेन, काम रोकियो, उनले भने, कामदारको पनि बीचमा अभाव नै भयो।फिटिङ गर्ने कामदार सबै भारत (घर) गएकाले समयमै होटल निर्माण गर्न नसकिएको गोल्यानले बताए।
योजनाअनुसार होटल सञ्चालनमा नआउँदा निर्माण लागत बढेको उनी बताउँछन्। समूहलाई डेढ वर्षको अवधिमा एक अर्ब घाटा भएको उनले जानकारी दिए।
यो होटल निर्माण सन् २०१६ मा सुरू गरिएको हो। निर्माण चार वर्षमा सकिँदा बढीमा चार अर्ब रूपैयाँ लागत लाग्ने अनुमान थियो। अहिले कोरोनाका कारण होटलको लागत पाँच अर्ब पुगेको गोल्यानले बताए।
उद्योगी भएपछि घाटा–नाफा बेहोर्नै पर्यो। तर यो कोरोनाले हामीले सीमाभन्दा बढी घाटा बेहोरेका छौं। मौद्रिक नीतिले ब्याजमा केही राहत दिएको छ उनले भने।कोरोना महामारीले दुईरतीन वर्ष होटल घाटामै चल्ने तर पछि पर्यटन व्यवसाय फस्टाउनेमा उनी विश्वस्त छन्।
होटलको मुख्य लक्षित ग्राहक भनेका अमेरिका, भारत, चीन लगायत युरोपियन देशका पर्यटक हुन्।अहिले हामीलाई मान्छे कहीँ घुम्नै जाँदैनन् भन्ने लागेको छ। तर मानिसलाई उकुसमुकुस भइसकेको हो उनले भने, पछि त पर्यटन व्यवसाय फस्टाउँछ नै ।
यो परिस्थितिमा मान्छेले लामो यात्रा नगर्ने हुनाले एसियाका पर्यटन व्यवसाय फस्टाउने उनले देखेका छन्।
नेपालमा आठदेखि नौ महिना राम्रो मौसम हुन्छ। गर्मी महिना भने पनि जुन–जुलाइमा त्यति गर्मी हुँदैन। र जाडोमा पनि युरोपतिरको जस्तो जाडो हुँदैन। मान्छे युरोप र अमेरिका जाँदैनन्। घुम्ने भनेको एसियामै हो उनले भने, कोरोनाले अब होटल चल्दैन भन्ने लाग्दैन।